TodayPati

९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४ सय ५३ पुग्यो

टुडेपाटी
जनकपुरधाम, जेठ ८ गते ।

नेपालमा फेरी ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापामा ८ र रुपन्देहीमा १ गरी ९ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।

Sponsored

झापाको काअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यस्तै रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

Sponsored

यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *