TodayPati

धनुषाधाममा ५ सय शैय्याको क्वारेन्टाइन स्थापना

टुडेपाटी-

जनकपुरधाम, जेठ ७ गते ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड १९) को रोकथाम एवं नियन्त्रणको पुर्व तयारी स्वरुप धनुषाको धनुषाधाम नगरपालिकाले ५ सय शैय्या सहितको क्वारेन्टाइन विस्तार गर्दै छ ।

Sponsored

केही दिनयता भारतको विभिन्न शहरबाट नागरिकहरु आउने क्रम बढ्दै गएपछि १ सय ३८ शैय्याको क्वारेन्टाइनलाई विस्तार गरी ५ सय शैय्यासम्मको क्वारेन्टाइन निर्माण गर्नतर्फ धनुषाधाम नगरपालिका जुटेको छ ।

कोरोनाका शंकास्पद व्यक्तिलाई राख्न सम्भावित समस्याको दृष्टिगत गर्दै धनुषाधाम नगरपालिका विभिन्न स्थानमा ५ सय शैय्यासहितको क्वारेन्टाइन निर्माणमा जुटेको हो ।

नगरपालिका धनुष माध्यमिक विद्यालयमा ३८ शैय्याबाट सुरु गरिएको क्वारेन्टाइन हाल १ सय शैय्या थप गरेर १ सय ३८ बेडको बनाइएको थियो ।

Sponsored

तर सरकारले नेपाल–भारत सीमामा रोकिएका नेपाली नागरिकलाई व्यवस्थापन गर्न तिनीहरुलाई भित्रियाउन लाग्दा बस्ने समस्या हुने अनुमान गर्दै क्वारेन्टाईनको संख्या धनुषाधाम नगरपालिकाले थप्न लागेको जनाइएको छ ।

धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले नेपाल–भारत सीमामा रोकिएका नेपाली नागरिक आउने क्रम बढ्दै गएको कारण क्वारेन्टाइन र शैय्या संख्या थप्न लागेको जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर ९ स्थित धारापानी माविमा हाल १ सय शैय्याको क्वारेन्टाईन निर्माण भइरहेको र शंकास्पद व्यक्ति बढेपछि त्यसमा पुर्वाधारको हिसाबले २ सय शैय्या सम्म लैजाने र थप क्वारेन्टाईनका लागि नगरपालिका भित्र उचितका ठाउँको खोजी भइरहेकोले निश्चित भएपछि ५ सय शैय्यासम्म पुरयाउने जानकारी उनले दिए ।

हाल धनुष मावि क्वारेन्टाईनमा ३३ जना शंकास्पद व्यक्ति रहेका छन । जसमध्ये ३० जना भारतको विभिन्न स्थानबाट २ जना बारा सिमरा र १ जना कतारबाट आएको शंकास्पद व्यक्तिहरु बस्दै आएका छन् । भारतबाट आएका मध्ये ७ जना जटही नाका र अन्य सीमाबाट लुकिछिपी आएका छन् ।

नगरका मेयर मण्डलले भने– आम जनता कोरोनाबाट आफै जागरुक भइसकेका छन भारत वा अन्य मुलुकबाट लुकिछिपी आएकाहरुलाई गाउँमा बस्द दिदैन । क्वारेन्टाईनमा रहेका मध्ये कयौं यस्ता व्यक्ति छन्, जसलाई गाउँमा बस्न नदिएपछि तिनीहरुलाई नगरपालिकाले सुरिक्षत साथ ल्याएर राखेका छन् ।

सरकारले तोकेको मापदण्ड अनुसार निर्मित सो क्वारेन्टाईनमा बस्नेहरुलाई बिहान बेलुका दुई पटक खाजा र बिहान र राति गरी दुई पटक पोसिलो खाना नगरपालिकाबाट उपलब्ध गराइँदै आएको जानकारी गराउँदै उनले प्रत्येक बेड समाजिक दुरीको हिसाबले राखिएका र  झुल, पंखा, नुहाउने र शौचालयको व्यवस्था समेत गरिएको जनाए ।

यस क्वारेन्टाइनमा नियमित रुपमा शंकास्पद व्यक्तिहरुको स्वास्थ्य चेकजाँच चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गरिदै आएको छ ।

आरडीटी परिक्षणको व्यवस्था क्वारेन्टाइन भित्रै गरिएको छ भने गएको शनिवार २२ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि काठमाडौ टेकुस्थित अस्पताल पठाइएको जानकारी स्वास्थ्यकर्मी राकेश मिश्राले जनाए ।

क्वारेन्टाइनमा बसेकाहरु मध्ये हालसम्म एकजनाको पनि पोजेटिभ देखिएको छैन भने पीसीआर निगेटिभ रिपोर्ट आएका दर्जनाँै व्यक्तिको स्वास्थ्य परिक्षण भई घर फर्किसकेका छन् । 

त्यस्तै यता जनकपुरधाम उपमहानगरपालिकाले समेत ५० शैय्याको क्वारेन्टाईन स्थापना गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *