TodayPati

मधेश आएर प्रचण्डको उद्घोष- ‘भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलन अघि बढाउछौं’

टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोंचमा रहेको बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उनले आफूहरु देशब्यापी बैठक र छलफलमा जुटेको बताए ।

पार्टीको मधेश प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा आइपुगेका अध्यक्ष प्रचण्डले मुलुकको अहिलेको ठूलो समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशब्यापी आन्दोलन गर्ने बताए ।

Sponsored

‘तपाइँहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’ उनले भने ‘हामी सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौं । सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध हामीले थालेको अभियानबाट भूमाफियाहरु आत्तिए । जसले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने अपराध गरिरहेका थिए, उनीहर छट्पटाए ।’

मिटरब्याज लगायत तमाम बेथितिका विरुद्ध आफूहरुले सरकारबाट सङ्कल्पका साथ संघर्ष सुरु गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने ‘त्यसबाट दलाल, सामन्तवादका अवेशष, भूमाफिया र नोरकाशहरु हामीसँग आतंकित भए । माओवादी केन्द्रका नेताहरुले विस्तारै हामीलाई त खतमै पार्ने भए भनेर भ्रष्टाचारी जति सबै डराए ।’
उनीहरुले कांग्रेस र एमालेलाई आफ्नो नेता ठानेर भ्रष्टाचारी र बिचौलियाले जुटाइदिएको उल्लेख गर्दै उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध लडाई लडेकाले आफूहरु बिजेता कमाण्डरजस्तो गरी निस्केको तर्क गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *