TodayPati

जनकपुरमा मनोरञ्जन क्षेत्रमा संलग्न व्यक्तिको अधिकारबारे छलफल

टुडेपाटी-
जनकपुरधाम, भदौ २१ गते ।

जनकपुरमा बिहीबार मनोरञ्जन क्षेत्रमा संलग्न व्यक्तिहरूको अधिकारबारे स्थानीय तहमा छलफल कार्यक्रम सम्पन्न भएको छ। महिला कानु एवं विकास मञ्च, सिएसी नेपाल, जागृति महिला महासंघ, दिगो सामाजिक विकासका लागि मित्रता, मिनिस्ट्री फेरेगन र यूएन महिलाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागीहरुले विशेषगरी यौन व्यवसायमा संलग्न महिलाहरूको व्यवस्थापन र कानुनी अधिकारको विषयमा विस्तृत छलफल गरे। सहभागीहरूले बाध्यतावश यौन पेशामा लाग्नुपरेका महिलाहरूलाई सीपमूलक तालिम उपलब्ध गराउनुपर्नेमा जोड दिए।
साथै, यौन पेशामा लाग्दा महिलाहरूलाई सुरक्षित राख्ने जनचेतना फैलाउनुपर्ने र जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकतामा पनि सहभागीहरुले जोड दिएका छन् ।

Sponsored

विश्वमा यौनकर्मी महिलाहरूको कानुनी व्यवस्थापन र नेपालमा भइरहेको कानुनी अवस्थाको विषयमा अधिवक्ता राजकुमार महासेठले आफ्नो प्रस्तुति दिएका थिए। उनले नेपालमा यौनकर्मी महिलाहरूको कानुनी सुरक्षामा सुधार गर्नुपर्नेमा विशेष जोड दिँदै, वर्तमान कानुनी चुनौतीहरू र विश्वव्यापी अभ्यासबारे पनि उनले प्रस्ट पारेका थिए ।

स्पर्स नेपालका फोकल पर्सन कुल्दीप साहले धनुषा जिल्लामा करिब ९ सयदेखि एक हजार महिला यौनकर्मी रहेको तथ्यंक प्रस्तुत गरे। उनले आफ्नो संस्थाको सम्पर्कमा आएको तथ्यांकको आधारमा यस्ता महिलाहरूको संख्या उल्लेख रहेको बताउँदै उनीहरूको व्यवस्थापन र संरक्षणको लागि दीर्घकालीन समाधान आवश्यक रहेको बताए।

कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, कानुन व्यवसायी, महिला अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *