TodayPati

सर्लाहीबाट ठूलो परिमाणमा पटाका बरामद

टुडेपाटी-
जनकपुरधाम, भदौ १३ गते ।

सर्लाहीबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

मलंगवा नगरपालिका–४ स्थित गणेशिया चौर चिम्नी नजिकैको दुई कोठे टिनको कच्ची टहरामा बुधबार साँझ शंका लागेर चेकजाँच गर्दा ठूलो परिमाणमा पटाका बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Sponsored

सशस्त्र प्रहरी प्रबल नेपाल, १० नम्बर गण हेड क्वाटर सर्लाहीबाट खटिएको १० जनाको मोबाइल गस्ती टोलीले उक्त पटाका बरामद गरेको हो । बरामद गरिएको पटाका करिब २७ लाख ७७ हजार ५५२ रुपैयाँ बराबरको रहेको अनुन गरिएको छ ।

पटाका बरामद घटनामा आवश्य कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *