TodayPati

सप्तरीमा गोली हानेर मारिएको बँदेल बेवारिसे देखाएर छाडिए पूर्व डिआइजीसहित १० जना

टुडेपाटी-
जनकपुरधाम, भदौ १४ गते ।

गोली हानी मारिएको बँदेल र फेला परेको ट्याक्टर वेवारिशे सहित पक्राउ परेका पूर्व डीआईजीसहित १० जनालाई धरौटीमा रिहा गरिएको छ ।

गोली हानी मारिएको बँदेलसहित पक्राउ परेका पूर्व डीआईजीसहित १० जनालाई धरौटीमा रिहा गरिएको छ ।

Sponsored

सप्तरी प्रहरीले बिहीबार बिहान को २ त ६९ नम्बरको ट्र्याक्टरमा मृत अवस्थामा फेला परेको बँदेललाई बेवारिसे घोषित गर्दै सबडिभिजन वन कार्यालय, कञ्चनपुरमा बुझाएको छ ।

वन डिभिजन कार्यालय सप्तरीका प्रमुख शुभाष यादवका अनुसार, प्रहरीद्वारा ट्र्याक्टर र बँदेल बेवारिसे फेला परेको मुचुल्कासहित सबडिभिजन कार्यालयमा हस्तान्तरण गरिएको हो ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी पलार क्षेत्रबाट बुधबार राति अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रको टोलीले पूर्व डिआइजी साहसहित १० जनालाई पक्राउ गरेको थियो ।

Sponsored

प्रहरीले घटनाको अनुसन्धान चलिरहेको भन्दै बिहीबार राति उनीहरूलाई धरौटीमा रिहा गरेको छ ।

रिहा भएका व्यक्तिहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी पूर्व डीआईजी ज्ञानविक्रम शाह, विराटनगर–३ निवासी नेपाल प्रहरीका सई सञ्जय न्यौपाने, हनुमाननगर कंकालिनी–८ निवासी आकाश बहरखेर यादव, तिरहुत–२ निवासी लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ निवासी जनार्दन राउत, इटहरी–२ निवासी प्रदीप लिम्बु, राजविराज–७ निवासी रविन दास, हनुमाननगर कंकालिनी–५ निवासी ओमशंकर प्रसैला, वडा–१ निवासी लक्षमण मण्डल, र वडा–३ निवासी शंकर खिडहरी यादव रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट २२ क्यालीबरको राइफल, दुई म्यागजिन, १५ राउण्ड गोली, तीन वाइनाकुलर, एक ट्राइपोड, एक फलामको हथौडा, र एक खुर्पा बरामद गरेको थियो। राइफल र गोलीको अनुमति प्राप्त थियो कि थिएन भन्ने विषयमा अनुसन्धान जारी रहेको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले भनेका छन् कि पूर्व डीआईजी शाहको नाममा रहेको राइफलको अनुमति पत्रको फोटोकपी पेश भएको छ, तर यसको प्रयोगबारे थप अनुसन्धान भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *