TodayPati

मोटरसाइकल दुर्घटनामा पूर्व वडाध्यक्ष यादवको मृत्यु


टुडेपाटी-
जनकपुरधाम, भदौ ८ गते ।

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक पूर्वा वडाध्यक्षको मृत्यु भएको छ । कविलासी नगरपालिका–४, हेमपुरका ४३ वर्षीय पूर्व वडाध्यक्ष अरविन्द कुमार यादवको मोटरसाइकल दुर्घटनामा निधन भएको हो ।

गएराति बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा उनले चलाइरहेको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

Sponsored

सर्लाही प्रहरीका प्रमुख एसपी रविन्द्रबहादुर सिंहका अनुसार यादव साँझ साढे ९ बजे टिकुलियाबाट बरहथवातर्फ जाँदै गर्दा प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा गम्भीर घाइते यादवलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

मृतक यादवको शव हाल प्रदेशिक अस्पताल मलङ्गवामा राखिएको छ । यादव नेकपा एमाले जिल्ला कमिटीका सदस्य थिए र २०७९ को निर्वाचनमा वडाध्यक्षको प्रत्यासी थिए । घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *