TodayPati

तनहुँ बस दुर्घटनामा मृत्यु भएका २५ जनाको शव भारतीय वायुसेनाको जहाजबाट मुम्बई लगियो

टुडेपाटी-
जनकपुरधाम, भदौ ८ गते ।

तनहुँ बस दुर्घटनामा मृत्यु भएका २५ जनाको शव भारतीय वायुसेनाको जहाजमार्फत मुम्बई लगिएको छ । शनिबार चितवनस्थित भरतपुर विमानस्थलबाट भारतीय वायुसेनाको जहाजले शवसहित मुम्बईका लागि उडान भरेको हो।

यस उडानमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि सहभागी थिइन्। दुर्घटनामा निधन भएका चालक र सहचालकको शव भने स्थलमार्ग हुँदै गोरखपुर पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

Sponsored

राज्यमन्त्री खड्से शनिबारै काठमाडौँ आई घाइतेहरूको अवस्था बुझ्न र शवहरू संकलन गर्न आएकी थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष निर्देशन दिएर उनलाई काठमाडौं पठाएका थिए।

शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा ४३ जना तिर्थयात्री सवार भारतीय युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गदी नदीमा खसेको थियो। उक्त दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट नेपाल प्रवेश गरेका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *