TodayPati

महोत्तरीमा एक महिलाको हत्या

टुडेपाटी-
जनकपुरधाम, भदौ १ गते ।

महोत्तरीमा एक महिलाको हत्या भएको छ । महोत्तरी गाउँपालिका-१ सोनुषडाकी ३६ वर्षीया श्रीमती रोशना खातुनको हत्या भएको हो ।
उनको हत्या ४५ वर्षीय हबिब नदाफले गरेको प्रहरीको आशंका छ ।

शुक्रबार राति ६ वर्षीया छोरीसँग कोठामा सुतिरहेको अवस्थामा नदाफले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको छोरीको बयान छ । बिहान छोरीले रोइरहेको अवस्थामा घटना सार्वजनिक भएको हो ।

Sponsored


सूचना पाएलगत्तै, एसपी नकुल पोखरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मराज मुड्भरीले जानकारी दिए ।

मुड्भरीका अनुसार, हत्याराको खोजी भइरहेको छ र घटनाबारे थप अनुसन्धान जारी छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *