TodayPati

बटेश्वरमा सम्पन्न –१९ भलिबल प्रतियोगिताको उपाधि गंगोत्रीले जित्यो

टुडेपाटी-
जनकपुरधाम, भदौ १ गते ।

बटेश्वर गाउँपालिका ३ मा सम्पन्न अण्डर १९ भलिबल प्रतियोगिताको उपाधि गंगोत्री ईंगलिस बोर्डिंग स्कुलले जितेको छ । आयोजक बटेश्वरको उज्जवल क्लब दोस्रो भएको छ ।

शनिबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर स्थित गंगोत्री बोर्डिंग स्कुल र आयोजक उज्जवल क्लबीच फाइनल खेल खेल भएको थियो । जसमा गंगोत्रीले जित हात पारेको हो ।
बिजेता गंगोत्री टिमलाई प्रथम पुरस्कार नगद १० हजार र ट्रफी प्रदान गरिएको छ भने दोस्रो हुने उज्जवल युवा क्लबलाई ६ हजार नगदसँगै ट्रफी प्रदान गरिएको हो ।

Sponsored

आयोजक क्लबका अध्यक्ष शंकर शर्माको अध्यक्षता तथा गांगोत्री बोर्डिंग स्कुलका संचालकसमेत रहेका समाजसेवी गणेश साहको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सनसाइन बोर्डिंग स्कुल, कार्तिकुमरका संचालक श्रवण महतो र वडा सदस्य रामदयाल कुशवाहा थिए ।

प्रमुख अतिथिको आशनबाट बोल्दै समाजसेवी साहले स्थानीय सरकारले अन्य क्षेत्रमा ठूलो बजेट लगानी गरेपनि खेल क्षेत्रलाई उपेक्षा गरेको बताए । थोरै बजेटमा पनि खेलखेलाएर युवाहरुलाई प्रोत्साहन गरी उत्कृष्ट खेलाडी बनाउन सकिने उनको भनाइ छ ।

प्रमुख अतिथि , विशिष्ट अतिथि तथा अतिथिहरुले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

Sponsored

समापन कार्यक्रममा नेपाली काँग्रेसका बटेश्वर गाउँपालिका सभापति रामचन्द्र कुशवाहा, जसपा नेपालका नेता राजकिशोर महतो, शिक्षक तथा समाजसेवी राजकिशोर महतो, स्थानीय समाजसेवी समेत रहेका कर्मचारी युवा प्रकाश निरौला, स्थानीय युवा प्रभात महतो, मुनलाईट बोर्डिंग स्कुलका प्रिन्सीपल संजय महतो लगायतको सहभागिता रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *