TodayPati

सिरहाबाट अवैध सुनचाँदीका गरगहनासहित एक युवक पक्राउ

टुडेपाटी-
जनकपुरधाम, भदौ २ गते ।

सिरहामा अवैध सुनचाँदीका गरगहनासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको आरूबोटे नगरपालिका–५ बाजघरा घर भई हाल झापाको दमकमा डेरा गरी बसिरहेका २८ वर्षीय रोशन बराईली रहेका छन् ।

प्रहरीले बराईलीलाई सिरहा नगरपालिका–७ महिसोथामा, प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ गरेको हो । उनको साथमा रहेको झोलाबाट सुनचाँदीका विभिन्न गरगहना बरामद गरिएको छ ।

Sponsored

सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार बरामद गरगहनामा हरियो पोतेमा जडित सुनको १८ थान माला, रातो पोतेमा जडित ३० थान माला, सेतो मोती मालामा जडित ५ थान माला, खुला चन्द्रमा ६ थान, पोतेमा जडित ८ थान चक्र, र १ थान मंगलसुत्र रहेको छ। बरामद सुनको तौल २६.५ ग्राम रहेको छ, जसको मूल्य ३ लाख ३५ हजार २२८ रुपैयाँ आँकलन गरिएको छ ।

त्यस्तै, प्रहरीले सुनका ६४ थान बाला, ११ थान ब्रासलेट, २९ थान चुरा, र १ थान रड समेत बरामद गरेको छ, जसको तौल २ किलो ६५२.४ ग्राम छ। यसको अनुमानित मूल्य २ लाख १७ हजार ६८० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *