TodayPati

धनुषामा गोली हानेर हत्या गरेको अभियोगमा पूर्वशिक्षक पक्राउ

टुडेपाटी-
जनकपुरधाम, साउन २४ गते ।

धनुषामा गोली हानेर हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका १३ का ५६ वर्षीय पवन महतो रहेका छन् । महतो पूर्वशिक्षक हुन् ।

Sponsored

उनीमाथि २०६५ सालमा स्थानीय नागेन्द्र यादवको गोली हानेर हत्या गरेको अभियोग छ । पूर्व शिक्षक समेत रहेका महतोलाई ८ माघ २०८० सर्वोच्च अदालतका जन्मकैद सजाय सुनाएको थियो ।

लामोसमयदेखि फरार महतोलाई बिहीबार सबैला बजारबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला अदालत धनुषामा हाजिर गराएको धनुषाका प्रहरी प्रवक्ता डिएस्पी रञ्जन अवाले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *