TodayPati

मधेशका मुख्यमन्त्री सिंहलाई जनमतले सोध्यो स्पष्टीकरण

टुडेपाटी-
जनकपुरधाम, साउन २५ गते ।

जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीका प्रवक्ता शरदसिंह यादवले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोध्ने निर्णय भएको पुष्टि गरेका छन्।

Sponsored

मुख्यमन्त्री सिंहले मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरुको नियुक्ति गर्दा पार्टीसँग समन्वय नगरेको आरोप लगाइएको छ। साथै, सरकारका महत्वपूर्ण काममा भन्दा अनावश्यक उद्घाटन कार्यक्रममा समय खर्चेको र पार्टीका निर्देशनलाई बेवास्ता गरेको आरोप पनि उनलाई लगाइएको छ।

प्रवक्ता यादवले जानकारी दिए अनुसार, बजेट निर्माणको क्रममा सांसदहरूलाई ५ करोड रुपैयाँ दिने विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छविमा नकारात्मक प्रभाव पारेको भन्दै मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *