TodayPati

महोत्तरीको गौशालामा ११ हजार कावरियाहरुलाई निःशुल्क भोजन

टुडेपाटी-
जनकपुरधाम, साउन २१ गते ।

कावरिया सेवा समितिले महोत्तरीको गौशालामा ११ हजार भन्दा बढी कावरियाहरुलाई निःशुल्क भोजन गराएका छन् ।

सोमबार टुटेश्वर महादेवबाट फर्कदै गरेका बोलबम तिर्थालुहरुलाई गौशाला २ निगौल चौक स्थित दुर्गा मन्दिरको प्रांगनमा ११ हजारभन्दा बढीलाई निःशुल्क भोजन गराइएको समितिका अध्यक्ष महेश्वर महतोले जानकारी दिए ।

Sponsored

प्रत्येक बर्ष साउनमा बोलबम यात्रुहरुका लागि निःशुल्क भोजनको व्यवस्था गर्दै आएकोमा यस पटकपनि त्यसलाई निरन्तर्ता दिएको अध्यक्ष महतोले बताए ।
समितिले विभिन्न दाता र समितिका पदाधिकारी तथा सदस्यहरुको आर्थिक सहयोगमा बोलबम यात्रीहरुका लागि निःशुल्क भोजनको व्यवस्था गर्दै आएको हो । यस सोमबार कतारमा काम गर्दै आएका भंगहा नगरपालिका ६ हतिसर्वाका रबिन ठाकुर र अरबिन ठाकुरले भोजनको सम्पूर्ण व्यवस्था गरेको समितिका कोषाध्यक्ष जिवछ महतोले जानकारी दिए ।

आगामी सोमबार समेत कावरिया तिर्थालुहरुको लागि निःशुल्क भोजनको व्यवस्था गरिने समितिले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *