TodayPati

धनुषामा सम्पन्न अण्डर १८ क्रिकेटको उपाधि युथ क्लव बटेश्वरले जित्यो

टुडेपाटी-
जनकपुरधाम, साउन २० गते ।

धनुषाको बटेश्वर गाउँपालिका–४ मा सम्पन्न अण्डर १८ क्रिकेट प्रतियोगितको उपाधि आयोजक टिम युथ क्लब बटेश्वरले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक युथ क्लव बटेश्वरले ५ विकेटले एसके शान्तिपुर टिमलाई पछ्याउँदै जित हात पारेको हो ।

टस जितेर पहिलो बलिङ गरेको बटेश्वर युथ क्लवले १३ दशमलव २ ओभरमा ११२ रन बनाउँदै एसके शान्तिपुर– ११ टिमलाई अल आउट गरेको थियो । युथ क्लव बटेश्वरले बट्टेश्वरले १६ ओभरमा पाँच विकेट गुमाउँदै ११३ रनको लक्ष्य पूरा गरेको हो ।

Sponsored

बिजेता टिम युथ क्वले खेलको प्रथम पुरस्कार १२ हजार नगद र दोस्रो पुरस्कार एसके शान्तिपुर टिमलाई नगद ७ हजार र सिल्ड प्रदान गरिएको छ । उत्कृष्ट खेलाडी तथा छक्का हान्ने खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो ।

आयोजक युथक्लवका अध्यक्ष सन्दीप कामतको अध्यक्षता तथा नेकपा माओवादीकी प्रदेश सांसदसमेत रहेकी प्रदेशसभाकी प्रकृतिक तथा वातावरण समितिकी सभापति सारदा पहाडी दासको प्रमुख आतिथ्यमा खेलको समापन तथा पुरस्कार वितरण भएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथिमा गंगोत्री बोर्डिंग स्कुलका संचालक गणेश साह, वडा नं. २ का वडाध्यक्ष विजय महतो, माओवादी केन्द्रका नेता देवसागर दास तथा अतिथिहरुमा लोसपाका युवा नेता अजय राउत, युवा नेता प्रदीप सिंह लगायत थिए । उदघोषण स्थानीय कलाकार विजय दासले गरेका थिए ।

Sponsored

आयोजकका अनुसार शिवशक्ति माध्यमिक नमूना विद्यालयको खेल मैदानमा साउन १० गतेदेखि भएको प्रतियोगितामा १३ वटा टिमले प्रतिस्पर्धा गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *