TodayPati

धनुषाका ठाकुर हत्या प्रकरण : दोषीमाथि कारबाही र सहिद घोषणासहित आठ बुँदे सहमति

टुडेपाटी-
जनकपुरधाम, साउन १८ गते ।

धनुषामा हत्या भएका भोगेन्द्र ठाकुरलाई सहिद घोषणा गराउन अनुरोध गर्नेसहितको आठ बुँदे सहमति भएको छ । धनुषाधाम नगरपालिका २ का मृतक ठाकुरका दोषीमाथि कारबाहीसहितका विषयमा आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ ।

हत्यामा संलग्नको आरोप लागेका मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही, शहीद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षा, मिटरब्याज सम्बन्धी उजुरी उपर सुनुवाइ गर्ने लगायतको सहमति भएको हो ।

Sponsored

ठाकुरकी श्रीमती श्यामुकुमारीलाई निःशुल्क उपचार र रोजगारीको व्यवस्था मिलाउने, किरिया खर्च दिने, नाबालक २ छोरीको पालनपोषण एवं विश्वविद्यालय सम्मको निःशुल्क शिक्षाको लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ ।

त्यस्तै मृतकको मिटरब्याज सम्बन्धी मुद्दामा कानुन बमोजिम छिटोछरितो समाधान गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, मृतकको परिवारलाई जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउने र मृतकका विषयमा भएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानले जानकारी दिए ।

गत सोमबार बिहान हत्या भएका ठाकुरको शवसहित मंगलबारदेखि मिटरब्याज पीडित संघर्ष समितिले आन्दोलन गरेको थियो ।

Sponsored

जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमतिमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवान, जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवालगायतले हस्ताक्षर गरेका छन्

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *