TodayPati

स्व.गुरुदेव कामतको शोकमा आइतबार मधेशमा राष्ट्रिय झण्डा आधा झुकाइने

टुडेपाटी
जनकपुरधाम, साउन १८ गते ।

शास्त्रीय संगीतका साधक गुरूदेव कामतको निधनमा मधेश प्रदेशमा आइतबार आधा झण्डा झुकाइने भएको छ । उनको शोकमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेको हो ।

मधेश प्रदेशका मुख्‍यमन्त्री सतिशकुमार सिहले विज्ञप्ति जारी गर्दै संगीत साधक दुरूदेवको निधनमा राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय भएको बताएका छन् ।
कामतको शोकाकुल परिवारप्रति समवेदना व्‍यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘‘मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना र संस्कार उन्नयनका लागि संगीत विधालाई आजीवन अघि बढाउनु भएका स्व.गुरूदेव कामतको निधनप्रति शोक प्रकट गर्न प्रदेश सरकार मिति २०८१/०४/२० गते आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेको छ।’

Sponsored

शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *