TodayPati

धनुषामा हत्या भएका मिटरब्याज पीडित ठाकुरको शवसहित जनकपुरमा प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, साउन १७ गते ।

धनुषामा हत्या भएका भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितहरुले जकपुरधाममा प्रदर्शन गरेका छन् । जनकपुरधाम स्थित स्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर धर्ना दिएका मिटरब्याज पीडितहरु आज प्रदर्शन गरेका हुन् ।

ट्याक्टरमा शव राखेर उनीहरुले हत्याका योजनाकार मिटरब्याजी शिवजी यादवलाई पक्राउसहितका माग गरेका छन् । उनलाई पक्राउ नगरेसम्म शव नजलाउने अडान मिटरब्याज पीडित संघर्ष समिति छ ।

Sponsored

शवसहित जनकपुरको रामचोक, जाकचोक शिवचोक, भानुचोक हुँदै मिल्स एरियामा पुगेर मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अगाडि पुग्न खोजेका थिए । तर प्रहरीले रोकेपछि उनीहरुले त्यही शव राखेर धर्ना दिएका थिए ।
गृहमन्त्री र धनुषाका एसपीविरुद्ध नाराबाजी गर्दै उनीहरुको राजिनमा समेत मागेका छन् ।

ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै जलाउन रोकेर शव राखेर सयौंको संख्यामा बुधबार पनि प्रदर्शनमा उत्रिएका थिए । ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनको श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएकी छन् ।

हत्या आरोपमा स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखिया पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Sponsored

शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म ठाकुरको शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *