TodayPati

संगीत गुरु गुरुदेव कामतको निधन

टुडेपाटी-
जनकपुरधाम, साउन १७ गते ।

संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे उनको निधन भएको हो ।

६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी रहेको उनका छोरा समीर कामतले जानकारी दिए । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि गरिएने छ ।

Sponsored

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए ।

पछिल्लो समय उनलाई घरमा इायलासिस गराउने गरिएको थियो । छोरा समीरका अनुसार बिरामी भएर थलिएका कामतले चार दिनदेखि केही खाना खाएका थिएनन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *