TodayPati

एक वर्षमा वेचविखनका लागि भारत लैजान लागिएका १५२ जनाको धनुषाबाट उद्धार

टुडेपाटी-जनकपुरधाम, साउन १६ गते ।

धनुषामा एकवर्षको अवधिमा बेचबिखनका लागि भारत तर्फ जान खोजिएका १५२ जना बालिका तथा किशोरीको उद्धार गरिएको छ । ललाइफकाई वेचबिखनको उद्देश्यले भारत लग्न लागिएको अवस्थामा शान्ति पुनस्र्थापना गृह धनुषा शाखाले आर्थिक वर्ष २०८०।०८१ मा १५२ जनालाई उद्धार गरी घर फर्काएको हो ।

जसमा जनकपुर जयनगर रेल्वेबाट १२६ जना र जटही नाकाबाट २६ जना बालिका तथा किशोरीलाई उद्धार गरेर प्रहरीको रोहबरमा परिवारजनको जिम्मा लगाइएको पुनस्र्थापना गृह धनुषाकी संयोजनक रिना झाले जानकारी दिइन् । उद्धार गरिएका सबैको उमेर १८ वर्ष मुनि रहेको उनको भनाइ छ ।

Sponsored

मंगलबार पुनस्र्थापना गृह धनुषाले जटहीमा एक कार्यक्रम गरी बालबालिका कसैलाई पनि मानव वेचविखनको लडाइमा पछि नछाडौं विषयक अन्तरक्रिया कार्यक्रमामा उक्त विवरण प्रस्तुत गरेको थियो । त्यस्तै सोही अवधिमा २ हजार ६५६ जनालाई परामर्श सेवा समेत पुनस्र्थापना गृहका सहजकर्ताहरुले प्रदान गरेको झाले बताइन् ।

अन्तरक्रियामा प्रहरी, स्थानीय जनप्रतिनिधि, भरभलादमी लगायत सहभागी थिए । उनीहरुले मानव वेचविखनको क्रम बढेकोले अभिभावकले आफ्ना बालबच्चा तथा किशोर किशोरीमाथि विशेष निगरानी गर्नुपर्ने जोड दिइएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *