TodayPati

धनुषामा श्रीमानको हत्या, श्रीमती घाइते

टुडेपाटी-
जनकपुरधाम, साउन १५ गते ।

धनुषामा कुटपिट गरी एकजनाको हत्या भएको छ । धनुषाधाम नगरपालिका २ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको हो । उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।

धनुषाका प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार ठाकुरको कुटपिटबाट मृत्यु भएको हो ।

Sponsored

स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र श्रीमती श्यामु घाइते भएको डिएसपी अवाले बताए ।

बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । घटना लगतै घटनामा संलग्न आरोपमा आमाछोरालाई प्रहरी पक्राउ गरेको छ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “धनुषामा श्रीमानको हत्या, श्रीमती घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *