TodayPati

जनकपुर-जयनगर रेलमा परेर एक युवकको दुवै खुट्टा काटियो

टुडेपाटी-

जनकपुरधाम, साउन १२ गते ।

जनकपुर-जयनगर रेल्वे लिकमा परेर एक युवकको दुवै खुट्टा काटिएको छ। जनकनन्दनी गाउँपालिका-३ महुवाका मिश्री दासका लगभग ३५ वर्षीय छोरा श्रीराम दासको खुट्टा रेल्वे लिकमा परेर काटिएको हो।

Sponsored

धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेका श्रीराम आज बिहान सवा ११ बजे रेलको चपेटामा परेका थिए। जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अफमलिएर रेलकै लिकमा परेका थिए, जसका कारण दुवै खुट्टा गुमाएका छन्।

रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए अनुसार दासको तत्काल उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *