TodayPati

रौटहटबाट नोटसहित २ जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, साउन ११ गते ।

नक्कली नोटसहित रौटहटबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी छन् ।
दुबैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको टोलीले बिहीबार राति पौने १० बजेतिर पक्राउ गरेको हो ।

उनीहरुबाट १ हजारका १३ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

Sponsored

चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित राकुमार महतोले सञ्चालन गरेको महावीर आयल स्टोर्स पेट्रोल पम्प अगाडिबाट बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कर्यालय रौतहटले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *