TodayPati

खुट्टामा गोली दागेर महोत्तरीबाट कुख्यात डाँका पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असार ३१ गते ।

महोत्तरीमा कुख्यात डाकालाई गोली दागेर पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवन छन् ।
विभिन्न चोरी डकैती घटनामा संलग्न रहेका पासवानलाई राति महोत्तरी प्रहरीले घुँडा मुनि गोली दागेर पक्राउ गरेको हो ।

खोजतलासको क्रममा आइतबार राती साढे १० बजेतिर महोत्तरीको सोनमा गाउँपालिका–५ खैरवनी स्थित सर्लाही र मोहत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट घुँडा मुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी संतुलाल प्रसाद जयसवारले जानकारी दिए ।

Sponsored

डीएसपी जयसवारका अनुसार खोजीको क्रममा फेला परेपछि उनलाई पक्राउ गर्न खोजिएको थियो । तर उनी भाग्न खोजेपछि घुँडा मुनि गोली हानेर नियन्त्रण लिएको डिएसपी जयसवारले बताए । गोली लागेर घाते पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पासवान लामोसमयदेखि बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुली लगायत सीमा पारी भारतमा पनि पटक पटक डकैतीमा संलग्न भएको पाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *