TodayPati

प्रधानमन्त्रीमा एमालेका अध्यक्ष ओली नियुक्त

टुडेपाटी-
जनकपुरधाम, असार ३० गते ।

प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । उनलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनसहित ओलीले प्रधानमन्त्रीका लागि शुक्रबार साँझ दाबी पेस गरेका थिए ।

Sponsored

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीको पद तथा गोपनियताको शपथ भोलि सोमबार बिहान ११ बजे कार्यक्रम तय गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *