TodayPati

त्रिशूली नदीमा बेपत्ता दुई बसका तीन यात्रुको शव फेला, आजदेखि ठुलो चुम्बक प्रयोग गरि खोजि सुरु

टुडेपाटी-
जनकपुरधाम, असार ३० गते ।

चितवनको सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुबाहक बसका तीनजनाको शव फेला परेको छ । मृतावस्थामा तीनवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । भेटिएका तीनैजनाको शवको सनाखत भएको छ ।

सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी, भारतको बिहार सीतामढी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह र चितवनको माडी नगरपालिका–१ का विकास परियारको शव फेला परेको हो ।

Sponsored

साहको शव शनिबार बिहान ११ बजे र माझीको शव साँझ भेटिएको हो । साह र माझी काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका थिए । दुवैजनाको शव शनिबार नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो ।

यस्तै वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स बसमा चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७, नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएको थियो ।
तीनैजनाको शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए । काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।

Sponsored

आज बिहानदेखि खोजी कार्य फेरि सुरु गरिएको छ । दुई बस फेला नपरेपछि आजबाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठुलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो ।

घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठुलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *