TodayPati

जनकपुरको एक व्याट्री पसलमा सटर फोडेर चोरी

टुडेपाटी
जनकपुरधाम, असार २९ गते ।

जनकपुरको भानुचोकमै रहेको एक व्याट्री पसलमा सटर फोडेर चोरी भएको छ ।

सुजित साह संचालक रहेको जनक व्याट्री सेन्टरमा गए राति सटर फोडेर चोरी भएको हो ।

Sponsored

सटर फोडेर पसल भित्र प्रवेश गरी चोरले काउन्टरमा राखिएको ९५ हजार रुपैयाँ नगद र एकवटा मोबाइल चोरी गरेको संचालक साहले बताए ।

भानुचोकमा २४ घण्टा प्रहरीको गस्ती रहन्छ । आज बिहान पसल खोल्न आएपछि चोरी भएको संचालकले थाहा पाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *