TodayPati

जनकपुरमा एसईई उतिर्ण रौनियार समुदायका १६ विद्यार्थीलाई सम्मान

टुडेपाटी-
जनकपुरधाम, असार २४ गते ।

एसईई परीक्षा २०८० उतिर्ण रौनियार जातीका १६ जना छात्र÷छात्रालाई जनकपुरधाममा सम्मान गरिएको छ । रौनियार सेवा समिति जनकपुरधाम र रौनियार युवा मञ्च जनकपुरले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेको हो ।

सम्पर्कमा आएका स्वजातीका १६ जना एसईई उतिर्ण छात्र÷छात्रालाई पुरस्कृत एवं सम्मानित गरेको रौनियार युवा मञ्चका अध्यक्ष सन्तोष रौनियारले जानकारी दिए ।
उनका अनुसार नगद राशी, कदरपत्र र मेडल सहित सम्मान तथा पुरस्कृत गरिएको छ ।

Sponsored

१६ मध्ये सबैभन्दा बढी जीपीए ल्याएर उतिर्ण पत्रकार पुरन रौनियार र रिंकु साहका सुपुत्र प्रतिक रौनियारलाई बिशेष मेडल र नगद राशी सहित सम्मानित गरिएको छ । प्रतिकले ३.९२ जिपिए सहित आफु अध्यन्नरत विद्यालय टप गर्दै उर्तिण भएका छन् ।

सम्मान कार्यक्रममा जनकपुरधामका मेयर मनोज कुमार साह, संरक्षक वरिष्ठ ई. चन्देश्वर प्रसाद रौनियार, सेवा समितिका अध्यक्ष राम प्रताप साह, पुर्व अध्यक्ष लालबाबु साह, अरुण कुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष राधेश्याम गुप्ता लगायतले आ–आफनो धारणा राखेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *