TodayPati

१२ युवालाई नीति निर्माण र सुशासनमा काम गर्ने अवसर

टुडेपाटी-
जनकपुरधाम, असार २३ गते ।

सुशासनमा सहभागि बनाउन मधेश प्रदेशको युवालाई तालिम दिइएको छ । अमिरिकी दुतावास नेपालको सहयोगमा पोखरा रिसर्च सेन्टरको आयोजनामा ‘युथ इन पोलिसी एंड गोवेर्नेंस’ (वाईपीजी) फेलोशिप कार्यक्रम अन्तरगत तेस्रो चरणको तालिम सम्पन्न भएको हो ।

युवालाई नीति निर्माण र सुशासनमा सहभागी गराउने र नयाँ पुस्तालाई सामाजिक नेतृत्वमा सशक्त बनाउने उदेश्यका साथ मधेश प्रदेशका युवाहरुलाई प्रशिक्षण तालिम दिइएको आयोजक संस्थाका प्रतिनिधि सौरभ वाग्ले जानकारी दिए ।

Sponsored

उनका अनुसार मधेश प्रदेशको ८ वटा जिल्लाबाट तीन सय ७० आवेदन परेको थियो । जसबाट पहिलो चरणमा गत चैत २८ गते ५० आवेदकलाई प्रशिक्षण दिइएको थियो । उक्त ५० सहभागिको रुची, पढाई, उत्सुकता र क्षमताको अधारमा गत जेठ ३ गते पुनः २६ जनालाई दोस्रे चरणमा प्रवेश गराई प्रशिक्षण दिइएको थियो । र, उक्त २६ बाट यही असार २० गतेदेखि १२ जनालाई सार्वजनिक नीति र शासनको जटिलताहरूमा कार्यशाला गराइएको थियो ।

अव यी १२ जना फेलोहरुले मधेश प्रदेश सभाका सदस्यहरूसँग ६ महिना ज्ञान र अनुसन्धान सहायकको रूपमा काम गर्ने आयोजक संस्थाकै अर्का प्रतिनिधि सुजता ढकालले बताइन् । उनका अनुसार फेलोको अध्ययन तथा अनुसन्धानले मुख्यतः बहुआयामिक मुद्दामा काम गर्ने छन् । ‘सार्वजनिक सेवाको सम्प्रेषण, सुशासन, वातावरणका मुद्दा, र अर्थतन्त्र,’ उनले भनिन, ‘यसले फेलोहरुको व्यक्तित्व विकाससंगै तथ्यमा आधारित नीति निर्माण भएर सरकारलाई टेवा पुग्ने विश्वास गरिएको छ ।’ फेलोहरुले विषेश गरेर प्रदेशसभाका सहस्यहरुका लागि अध्ययन तथा अनुसन्धान गरी सभामा प्रश्न गर्नका लागि प्रश्नहरुको मौस्यौदा बनाउने, सदनमा छलफलका लागि कागज तयार गर्नुका साथै सार्वजनिक महत्वका विषयहरुलाई उठाउन सहयोग गर्ने छन् ।

यस फेलोसिप अन्तर्गत २० देखि ३० वर्ष उमेर समूहका कम्तीमा स्नातक तहमा अध्ययनरत युवाहरुलाई सहभागी गराइएको छ । मधेश प्रदेशको सबै जिल्लाको सहभागि हुने गरी छनौट गरिएको फेलोमा ५० प्रतिशत महिलाको सहभागिता रहेको छ ।
प्रशिक्षणको दौरान मधेश प्रदेशको सांसदहरुसंग युवाहरुलाई अन्तरक्रिया गराइएको थियो । सांसदहरुले यस तालिमले सांसदहरुलाई सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

2 thoughts on “१२ युवालाई नीति निर्माण र सुशासनमा काम गर्ने अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *