TodayPati

लोपोन्मुख बेल्दार जातीको उत्थान कहिले ?

जिवछ राउत बेल्दार

बहुसॉस्कृतिक , वहुधार्मिक विशेषता भएको नेपालमा बहुजातीयले झन् सुनमा सुगन्ध थपेको छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र संस्थापना भइसकेको छ । सबै जातजाति, वर्ग, समुदायले बराबरको अधिकार पाउनेछ कानुनमा उल्ल्ेख छ । अन्य जातजाति जस्तै मधेशमा बसोबास गर्ने आफ्नै मौलिक विशेषता छ । नेपालमा समय समयमा विभिन्न जातजातिहरुलाई आदिवासी, जनजाति तथा दलित वर्गमा सुचिकृत गरिएको थियो । तर त्यो अवैज्ञानिक भएकाले पटक पटक विभिन्न जातजातिहरुले सडकमा आनदोलन गर्न थाले । त्यसपछि नेपाल सरकारले प्रध्यापक डा. ओम गुरुङको संयोजकत्वमा आदिवासी जातजाति पुनर सुचिकरन उच्च स्तरीय कार्य दल गठन गरी यस्ता जातिहरुलाई वैज्ञानिक ढंगले सुचिकरण गर्नका लागि प्रतिवेदन तयार गर्न जिम्मा दिइयो ।

मधेशमा एक लोपोन्मुख जाति हो बेल्दार । नेपालमा यो जातिको जनसंख्या ३०३७ मात्र छ ।
बेल्दार सांनस्कृतिक र धार्मिक रुपमा वहिसकृत सामाजिक रुपमा अपहेलित आर्थिक रुपमा शोसित राजनैतिक रुपमा उपेक्षित शैक्षिक रुपमा बञ्चित, भौगोलिक रुपमा कुण्ठित , भाषिक रुपमा अपमानित , मानसिक रुपमा दमित अवस्थमा रहेको छ ।

Sponsored

समग्रतामा बेल्दार जातिको आफ्नो अलग पहिचान भए पनि समाजमा अपहेलित र बहिष्कृत भएर बस्न बाध्य छन् । बेल्दार जातिले आफ्नो नामको पछाडी राउत थर लेख्ने गर्दछन् । यधपी राउत बाहेक आफ्नो नामको पछाडी महतो, सिंह, चौहान, शर्मा, बेल्दार आदि पनि लेख्ने गरेका छन् ।

बेल्दार (म्ष्ननभच) जातिको मुख्य पेशा मजदुरीमा पोखरी, इनार, कुलो, नहर साथै घर बनाउन प्रयोग हुने सुरखी (द्यचष्अपमगकत) बनाउने हो । यी काम गरेर आफ्नो जीवन जिविका चलाउने चलाउने गर्दछन् । यो जाति अति गरिब भएकाले नै अर्काको भरमा जिविका चलेको हुन्छ । यिनीहरु काममा जोसिला र शुरवीर र जागरिला हुन्छन् । कुनै काम गर्न अल्छी मान्दैनन् । कामचोर पनि हुदैनन् । यो जाति मानिसमा घाम पानी सहने क्षमता छ । यो जाति नेपालको धनुषा, महोतरी, सर्लाही, सिरहा, सप्तरी र पर्सा गरी ६ वटा जिल्लामा स्थायी रुपमा बसोवास गर्दै आएका हुन् । यो जाति अति अल्प संख्यक र लोपोन्मुख हुन् ।

लेखक- जिवछ राउत बेल्दार-

बेल्दार जातिका मानिसहरु गोरैया विषहरा, हनुमान तथा शोखालाई कुलदेवताको रुपमा पुज्ने गर्दछन् । यस जातिका पुरुषहरु धोती, कुरता, पढेलेखेका र वैदेसिक रोजगारमा गएका यूवाहरु पेन्ट र सट लगाउने गर्छन् भने महिलाहरु साडी, पेटीकोट (साया), कुरता, सुरवाल , ब्लाउज, अर्थात आधुनिकता झल्किने खालका लुगा लगाउ थालेका छन् । गहनामा खुट्टामा काडा, नाकमा बुलाकस् तथा घाँटीमा हसुलि लगाउने गर्दछन् । ती पनि बजारमा पाइने सस्ता खालको अल्मुनियम र पितलबाट बनेको गहना लगाउछन् ।

Sponsored

हैसियत अनुसार कसै कसैले महगो गहना पनि लगाउन थालेका छन् । यस जातिको आफ्नै लोक कला रहेको छ । यस जातिका महिलाहर घर दलानको भित्तामा विभिन्न कला अंकित गर्दै आएका छन् । र आफनै किसिका तसविर र चित्रहरु बनाउने गर्दछन् । यस जातिको संस्कृतिलाइ पहिचान गराउने आफ्नै रितिस्थितीमा आधारित लोक गीतहरु पनि रहेका छन् । सथै बुढा पाखाहरु बिहान बिहानै पराति (एक प्रकारको भजन ) परापूर्वकाल देखि नै गाउने गरेका छन् । लोक गीतमा, नचारी, भगत, सोहर समदौन र गासाउनि पर्दछन् । जुन धार्मिक अनुष्ठान तथा शुभ अवसरमा गाइन्छ । चाडपर्वमा यस जातिको प्रमुख चाडपर्वहरु जुरसितल, अदरा पर्व, चउरचन, दशै, छठ, तिलासकरानति र होली (फागु पर्व) पर्दछन् ।

यस जातिको एउटा विशेषता मान्नैपर्ने हुन्छ, त्यो हो कुनै पनि व्यक्तिको जेठो छोरालाई मात्र मुडन गर्ने गरिन्छ । र त्यसमा घरको कुल देवतालाई पुजा गर्नु पर्छ । जसमा आहुत जलाइन्छ । आहुत भनेको एउटा माथेको दकनीमा कपासको बती राखी त्यसमा घ्यू लगाई र बालिदिन्छ र अर्को एउटा भाडोमा गाईको घ्यू ४÷५ लिटर तताई त्यस घ्यूलाई मुखको नजिक राखेर मुंडन हुने बच्चामाथि सर्वप्रथम मुखले घ्यू छिटिदिन्छ । त्यस पछि घरका अन्य सदस्यहरु माथि र घरछिमेक तथा नाता गोताहरुले पनि आफुमाथि छर्कीने गर्दछन् । यसको यो जातिको धार्मिक विश्वास के रहेको छ भने यसले गर्दा आरोग्य र दिर्घजीवी भइन्छ ।

यिनिहरुको आफ्नै भाषा मगही हो । तैपनि ठाउ‘अनुसार भाषा बोल्ने गर्दछन् । यिनिहरुले मैथिलि पनि बोल्ने गर्दछन् । हरेक जातिको आफ्नो मोलिकता भएजस्तै यस जतिको पनि आफनै मौलिक पहिचान छ । अर्थिक रुपले निकै पिछिडिएको विपन्न र तिरस्कृत जातिका रुपमा रहेको बेल्दार जतिमा प्रचलित जन्म, विवाह र मृत्यु सम्बन्धी सामाजिक मान्यता अरु जाति भन्दा मौलिक छ । महिला सुत्केरी हु‘दा छुट्टै कोठामा राखेर कोदो (मरुवा) को पिठोको हलुवा नुन र अदुवा, मेथी र मिठ्ठा पॉच दिनसम्म खुवाउने गरिन्छ । छौठौं दिन विशेष हुन्छ त्यसलाई (छठिहार ) भनिन्छ । विशेष पूजा विधि विधान अनुुसार इनार वा जलाशय भएको ठाउँमा गएर पुजा समेत गरिन्छ ।

सानो तिनो भोज गरेर परिवार तथा छरछिमेकसंग रमाइलो गरिन्छ । सोही दिन बच्चाको नाम पनि राख्ने चलन छ । मृत्यु संस्कारमा पनि विशेष परम्परा अनुुसार कर्मंकाण्ड सम्पन्न हुन्छ । वालबच्चा मर्दा गाड्ने गरिन्छ । युवक वा श्रीमतीले पनि दागवती दिने चलन छ । चौथो दिन छोरी वा श्रीमतीले पनि दागवती दिने चलन छ । चौथो दिन छोरझप्पी दसै दिनमा नङ, कपाल काटने, बाहौ दिनमा श्राद्ध र अन्तिम तेहौ दिनमा पितरपक्ष गरिन्छ । त्यसको भोलिपल्ट अर्थात चौधो दिन माछा मासु परिवारका सबै सदस्यले खान्छन् । भनिन्छ यदि त्यो दिन खान सकेन भने एक वर्ष भरी कुनैदिन माछा मासु खान्न पाइदैन् त्यस्ता चलन छ । यसरी कर्मकाण्ड समाप्त गरिन्छ ।

हैसियत अनुसार धुमधामस‘ग विवाह गर्नु पुर्व केटा र केटी दुवैको घरमा मटकोर, कुमराउन गरिन्छ । त्यसपछि तोकिएको दिनमा विवाह सम्पन्न गरिन्छ । यस जातिमा बालविवाह, विधवा विवाह, बहु विवाह गर्ने परम्परा भने कायमै रहेको छ । विवाह सिन्दुरदान, कन्यादान हुन्छ । तर अहिले कोही कोही स्वयंवर विवाह पनि गराउँछन् । यस जातिको विवाहमा दाइजोको कुनै करकाप हुदैन । स्वेच्छाले जे दिइन्छ त्यही स्वीकार गरिन्छ । विवाहमा विवाह गर्ने महिलाले पहेलो साडी, साया, लहठी (लाहको चुरा) र बलाउज लगाउँछन् । भने केटाले पहेलो र कसैले गुलावी धोती, कुर्ता र पाग लगाउने चलन छ ।

शैक्षिक अवस्था त साहै नराम्रो पाइन्छ । पुरुषले अहिले पढाई लेखाइ प्रति केही मात्रामा ध्यान दिएपनि महिलाहरु शिक्षा क्षेत्रमा धेरै पछाडी परेका छन् । बेल्दार जातिको महिलाको जनसंख्या २ हजार २ सय ५८ रहेको छ । जसको १.२ प्रतिशत महिला साक्षर रहेका छन् । उच्च शिक्षा हाँसिल गरेकालाई औंलामा गन्न सकिन्छ । बेल्दार जातिका छोराछोरीले एस.एल.सी. पास गर्यो भने गाउँले तथा समाजले गौरन्वित ठान्ने अवस्था छ ।

यस जातिका मानिसहरु रोजगारी वा जागिरमा रहेको बिरलै पाइन्छ । यस जातिको राजनैतिक तथा सामाजिक अवस्था पनि खसेकाले सामाजिक लघुता बोधको कारणले विकास हुन सकेको छैन । आदिवासी जनजाति तथा दलितको उल्थानका नाममा सरकारी तथा गैर सरकारी सङघसंस्थाले अर्वौखर्वौ रुपियाँ खर्च गर्छन् । तर भनिएको बजेट खर्च गर्दैन्न् । विचैबाट हराउ‘छन् । अरु केही पहाडी दलित, जनजातिका लागि मात्र हुन्छन् । मधेशी जनजातिको उत्थान सपनामै रमाइरहेको हुन्छ । तसर्थ यस मधेशको एक मात्र लोपोन्मुख बेल्दारको उत्थान र विकास कसरी गर्ने भनी राज्य गम्भीरतापूर्वक ध्यान दिनु पर्ने आवश्यक्ता छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “लोपोन्मुख बेल्दार जातीको उत्थान कहिले ?

  • February 2, 2024 at 9:23 pm
    Permalink

    हाम्रो बेल्दार जातिको इतिहास र चरित्र को चित्रण नगरिएको हुनाले अधुरो देखियो ,यदपि लेखक वा सम्पादकीय साथि लाइ धन्यबाद। बाँकि कुरा के कारण ले छुटेका हुन भन्ने लेखाइ आफै बोल्छ।जय बेल्दार

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *