TodayPati

तरकारी खेतीमा रोग देखिएपछि महोत्तरीमा “आकस्मिक बाली संरक्षण अभियान”

रञ्जन भण्डारी-
महोत्तरी, पुस २ गते ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाको पहलमा महोत्तरीको गौशाला नगरपालिकामा तरकारी खेतीमा देखिएको समस्या पहिचानका लागि विज्ञसहितको प्राविधिक टोलि खटेको छ ।

गौशाला नगरपालिका ८ भन्टावारी र सो क्षेत्रमा कृषकहरुले लगाएको टमाटर लगायतको तरकारी खेतीमा देखिएको रोग तथा किराको समस्या पहिचान र निदानका लागि विज्ञ प्राविधिक टोलीबाट आइतवार फिल्ड निरिक्षण र कृषकसंग परामर्श खटेका हुन् ।

Sponsored

रोग र किराको समस्या देखिएपछि विज्ञसहितको प्राविधिक टोली फिल्ड निरिक्षण तथा परामर्श पश्चात “आकस्मिक बाली संरक्षण अभियान” संचालन गरिने निर्णय गरिएको छ । विज्ञ टोलीले टमाटरमा अगौटे डढुवा रोग र सुक्ष्म तत्वको कमिका कारण फल फुट्ने र चर्किने समस्या र हेलिको भर्पा नामक किराले फल नष्ट गरेको समेत भेटेका छन् । त्यसतै भान्टामा फ्रुट र सुट बोरर किराका कारण बोट सुक्ने र फल नष्ट हुने समस्या देखिएको छ । यता सिमीमा क्याटरपिलरको लार्भा र रष्ट देखिएको थियो । स्थानिय कृषकहरुले टमाटर,आलु तथा तथा अन्य तरकारी खेती गरेकोमा बालीमा रोग देखिएपछि प्राविधिक टोलीलाई खवर गरेका थिए ।

टोलीले रोगको पहिचान गर्दै तत्काल उपचारका उपायहरु बताएको र थप “आकस्मिक बाली संरक्षण अभियान”को माध्यमले रोगबाट हुन सक्ने क्षति कम गर्न प्रयास गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाका प्रमुख ललन सिंहले बताए ।

उनले सो क्षेत्रमा हुने तरकारी खेतको माटो परिक्षण गरि बाली संरक्षण प्रयोगशालाका विज्ञहरु संग समन्वय गरि रोग निदानको कार्य गरिने तथा प्लान्ट क्लिनिक र आकस्मिक बाली संरक्षण अभियान तथा बाली बस्तुको विशेष स्थलगत तालिम संचालन गरिने बताए ।

Sponsored

कृषि ज्ञान केन्द्र महोत्तरीका निमित कार्यालय प्रमुख बाली विकास अधिकृत मनिष पाल,उष्ण प्रादेशिय बागवानी नर्सरी केन्द्र जनकपुरका प्रमुख वरिष्ट बागवानी अधिकृत राजिव यादव,परियोजनाका कृषि अधिकृत राकेश यादव र सामाजिक विकास विज्ञ अन्जेश श्रेष्ठ तथा परवार्ड रौतहटका कृषि प्राविधिकहरु समेतले निरिक्षण गरेका हुन ।

गौशालाको भन्टावारीमा मात्र २५ देखि ३० हेक्टर र संगै जोडिएको बटौवा,लक्ष्मिनिया,कान्तिबजार समेत गरि सयौ हेक्टर क्षेत्रमा तरकारी खेती भैरहेकोमा तत्काल रोग निदान नगरिए किसानले ठूूलो क्षति व्यहोर्नु पर्ने विज्ञहरुको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धनुषाले तरकारी बालीमा देखिएको समस्यालाई गम्भीर रुपमा लिइ समस्या समाधानको प्रयास गरिरहेको प्रमुख सिंहको भनाई छ । उक्त क्षेत्रमा आलु र ओल बाहेकका मौसमी ताजा तरकारी(टमाटर,भान्टा,सिमी,बोडी,काउली,परवल ) लगायतको खेती गरिन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *