TodayPati

विवाहपञ्चमीका दर्शनार्थीको चापले २ दिन रेल ‘अनटाइमली’ संचालन, भंगहासम्मको सेवा बन्द

टुडेपाटी-
जकपुरधाम, पुस २ गते ।

सीताराम विवाहपञ्चमी मेलामा आएका श्रद्धालु भक्तजनलाई लक्षित गरी दुईदिन जकपुर जयनगर सेवा बिना तालिका संचालन हुने भएको छ । भोलि बेलुकासम्मका लागि जनकपुरदेखि भंगहासम्मको रेल सञ्चालन सेवापनि रेल्वे कम्पनीले स्थगित गरेको छ ।

कम्पनीका प्रवन्धक निरञ्जन झाले आइतबार नै एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा स्थगित गरेको जानकारी गराएका हुन् ।

Sponsored

‘विवाहपञ्चमी महोत्सव २०८० मा जनकपुर आउने र फर्कने तिर्थ यात्रीहरुको अत्यधिक चापलाई मध्यनजर राखी भोली मिति २०८०/०९/०२ गते सोमवारका दिन संचालनमा रहेका २ वटै ट्रेन सेट जनकपुर जयनगर खण्डमा अनटाईमली संचालन गर्ने गरी व्यवस्था मिलाईएको’ सूचनामा अगाडि लेखिएको छ ‘..मिति २०८०/०९/०३ गते विहान भंगहाबाट जनकपुर तर्फ आउने रेल सेवा स्थगित गरीएको हुँदा यसबाट यात्रुमहानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमापार्थी छौ, साथै मिति २०८०/०९/०३ गते बेलुका देखि जनकपुर भंगहा खण्डमा पूर्ववत नियमित रुपमा रेल सेवा संचालन हुने व्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरो छ ।’

भंगहादेखि जयनगरसम्म दिउँसो आउने र जाने गरी दुईपटक र जनकपुरबाट आउने जाने गरी चारपटक रेलसेवा नियमित संचालनमा रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *