TodayPati

विवाहपञ्चमीमा जानकी मन्दिरमा २१ जोडीको सामूहिक विवाह

टुडेपाटी-
जनकपुरधाम, पुस ३ गते ।

जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा २१ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व हिन्दु परिषद नेपालले सोमबार साँझ २१ जोडीको सामूहिक विवाह सम्पन्न गराएको हो ।

परिषदकै खर्च व्यवस्थापनमा उनीहरुको मैथिली परम्परा अनुसार साँझ सोयम्बर तथा राति विवाह सम्पन्न भएको हो ।

Sponsored

प्रत्येक जोडीका लागि सुनको एक आनाको मंगलसुत्र, वेहुलीको ९ सेट साडी, सृंगारपटार, वेहुलाको पैन्टसर्ट, धोतीकुर्ता लगायत, एक सेट भान्छा कोठाको सामान, एक ओछ्यानको तोसक, तकिया, जाजिम लगायतको सम्पूर्ण सामान, बेहुला र बेहुली पक्षबाट २५–२५ जनाको खाजाखाना समेत व्यवस्थापन परिषदले गरेको परिषदका जनकपुर अध्यक्ष सन्तोष साहले बताए ।

साहका अनुसार विवाहका लागि अभिभावक र बेहुला बेहुलकीको सहमतिमा लिइएको थियो । नेपालको कानुन अनुसार उनीहरु सबैको नागरिकताको आधारमा २० वर्ष पुगेका बेहुला र बेहुलीको मात्र विहे गराइएको अध्यक्ष साहले बताए ।

विवाह गर्नु अघि वेहुलाहरुलाई दिउँसो रथमा नगरपरिक्रमा गराइएको थियो । परिषदका अध्यक्ष साहका अनुसार एक जोडीको विहेको व्यवस्थापनमा ८०–८५ हजार रुपैयाँ खर्च भएको छ । परिषदले यो खर्च आर्थिक सहयोग संकलन गरी जुटाएको हुन्छ ।

Sponsored

जनकपुरधामलाई विश्वमा वैवाहिक स्थलको रुपमा परिचित गराउन सामूहिक विवाहको आयोजन गर्ने गरेको अध्यक्ष साह बताउँछन् । विवाहपञ्चमीको अवसरमा परिषदले बिगत पाँचवर्षदेखि सामुहिक विवाहको कार्यक्रम गराउँदै आएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *