TodayPati

मधेश प्रदेशः श्रीमतीलाई नक्कली आमा बनाएर ५ वर्षदेखि पेन्सन उठाउँदै

टुडेपाटी–
पर्सा, मंसिर २४ गते ।

पर्सामा एकजनाले आफ्नो श्रीमतीलाई नक्कली आमा बनाएर पेन्सनको पैसा उठाउँदै आएको खुलेको छ ।

पर्साको बहुदरमाई नगरपालिका २, सिसयाडीका विकास यादवले आफ्नै श्रीमतीलाई कान्छी आमा बनाएर विगत ५ वर्षदेखि मृत्यु भइसकेका बुवाको सरकारी जागिर वापत आउने पेन्सन लिईरहेको पाइएको छ ।

Sponsored

मनकामना प्राथमिक विद्यालयको प्रधानाध्यापक रहेका विकासका बुवा विनोद यादवको अवकासपछि २०७४ मा मृत्यु भएको थियो । उनको श्रीमती मिनादेवी यादवको पनि मृत्यु भइसकेको छ ।

बुवाले पाउने पेन्सनका लागि विकासले श्रीमती संगीतालाई गीता देवीको नामले बुबासँगको कान्छी श्रीमती प्रमाणित गराई अर्को नागरिकता समेत निकालेका छन् ।

बुवाको मृत्युपछि विकासले आफ्नो श्रीमती संगिता देवीलाई कान्छी आमा बनाएर पेन्सन खाँदै आएको खुलेपछि स्थानीय प्रमोद यादवले सरोकारवाला निकायमा उजुरी गरेका छन् ।

Sponsored

मुद्दा दर्ता भएपछि प्रहरीले थप अनुसन्धानका लागि विकासलाई नियन्त्रणमा लिएको छ ।

आर्थिक मिलेमतोमा वडाध्यक्ष जीतेन्द्र पटेलले श्रीमतीलाई कान्छी आमा बनाउन सहयोग पुर्‍याएको भन्दै उनीमाथि पनि मुद्दा दर्ता भएको छ ।

मृत्यु भइसकेको बुवाको पेन्सन लिनका लागि आफ्नै श्रीमतीलाई नक्कली कान्छी आमा बनाएको सम्बन्धमा उजुरी आएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

उनले यसमा वडाध्यक्षलाई समेत प्रतिवादी बनाइएको जनाए । ‘दुईजना पक्राउ परेका छन् । मुद्दा अनुसन्धान कै क्रममा रहेको छ’, उनले भने ।

२०७५ असार १२ गते वडाध्यक्ष जितेन्द्र पटेलले गीतादेवी यादव विनोदप्रसाद यादवको श्रीमती भएको सिफारिस गरेका छन् ।

निवेदिका मेरो एकासँगोलको कान्छी आमा हो । कुनै फरक पर्नेछैन् । फरक परी झुठा व्यहोरा ठहर भए प्रचलित ऐन कानुन बमोजिम सम्पूर्ण जवाफदेही मै हुनेछु भनि विकास यादवले सनाखत गरेका छन् ।

उजरीकर्ता प्रमोद यादव स्व. विनोद यादवको कान्छो भाई हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *