TodayPati

जनकपुरधाममा मंगलबारदेखि विद्यालय स्त्तरीय प्रतियोगिता

टुडेपाटी–
जनकपुरधाम, मंसिर २४ गते ।

जनकपुरधाममा खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषा शाखाले विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता गर्न लागेको हो ।

जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा हुन लागेको प्रतियोगिता मंशिर २६ गतेदेखि पुष ८ गते सम्म जनकपुरधाम १४ रजौलस्थित रामजानकी अन्तराष्ट्रिय रगशालामा हुने प्यावसनका जिल्ला अध्यक्ष तथा क्रिकेट संघका सचिव आशिष झाले जानकारी दिए ।

Sponsored

उनका अनुसार प्रतियोगितामा एन प्यावसनमा आवद्ध १२ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको छ । प्रतियोगिता ‘रनिङ कप’ भएपनि कोभिड–१९ महामारीको कारण दुई वर्ष स्थगित भएको थियो । यस वर्षदेखि पुनः प्रतियोगिताले निरन्तरता पाएको छ ।

यस प्रतियोगिताले स्थानीय स्त्तरबाट खेलाडी उत्पादन हुने उनले विश्वास जनाए ।

‘प्रतियोगिताबाट प्रतिभावन खेलाडीको टिम बनाएर प्रशिक्षण दिने छौं,’उनले भने,‘राम्रा १५ खेलाडीलाई क्रिकेट प्रशिक्षणसहित पढाईको लागि छात्रवृति पनि दिने तयारी छ ।’

Sponsored

आइसीसी मान्यता अनुसार प्रतियोगिता हुने अन्तराष्ट्रिय एम्पायर रामकैलाश यादवले बताए । उनका अनुसार प्रत्येक टिमले लिग चरणको दुई म्याच खेलेपछि नकआउट प्रणालीमा प्रतियोगिता हुने छन् । प्रतियोगिता विजेता र उपविजेता टिमको लागि आकर्षक कप र प्रमाणपत्र दिनेछन् ।

जनकपुरधाममा पछिल्लो समय क्रिकेट क्रेज बढेको छ । नियमित खेलकुदको गतिविधिहरु भइरहेको छ । हालै पोखरामा भएको केपी ओली कप मधेश प्रदेश क्रिकेट टिमले जितेको छ । देशमा संघीयता आएपछि पहिलो पटक मधेश प्रदेशले राष्ट्रिय स्त्तरको प्रतियोगिता जितेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *