TodayPati

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

टुडेपाटी-
काठमाडौं, मंसिर १८ गते ।

श्रीमतीको हत्या गरेको आरोपमा धादिङमा श्रीमान पक्राउ परेका छन्।

आइतबार राति प्रहरीले धुनिवेशी नगरपालिका-४ जीवनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई पक्राउ गरेको हो। उनीमाथि आफ्नी २० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरेको आरोप छ।

Sponsored

सोही नगरपालिकाको वडा नम्बर १ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरी रामचन्द्र भागेका थिए।

इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जीवनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। उनी धुनिवेशी नगरपालिका-७ खानीखोला बजारमा फेला परेका थिए।

यस सम्बन्धमा प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *