TodayPati

शिक्षकको निधनमा नगराइन नगरपालिकामा आज शोक विदा

टुडेपाटी-
जनकपुरधाम, मंसिर १८ गते ।

एक शिक्षकको निधनमा धनुषाको नगराइन नगरपालिका कार्यालयले आज शोक बिदा घोषणा गरेको छ । नगराइन नगरपालिका वडा नं. १ स्थित राष्ट्रिय आधारभूत विद्यालय खड्काका शिक्षक दिपक कुमार झा आइतबार भएको असामयिक निधनमा नगरपालिकाले आज शोक बिदा दिएको हो ।

उनको निधनप्रति श्रद्धाजली एवं शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै आज नगरपालिकाको कार्यालय, मातहतका कार्यालयहरु, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका अन्य संस्थाहरुमा शोक विदा रहेको नगरपालिकाका निमित कार्यालय प्रमुख गंगाराम यादव यादवले जारी गरेको सूचनामा उल्लेख छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *