सिरहामा १२ किलो गाँजासहित २ जना प्रहरीको फन्दामा
टुडेपाटी-
सिरहा, माघ २४ गते ।
सिरहा प्रहरीले अन्दाजी १२ किलो लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । सिरहाको अर्नामा गाउँपालिका–१ बस्ने ३२ वर्षीय मोहम्मद सकिल र सिरहाको नरहा गाउँपालिका–१ बस्ने ३५ वर्षीय राजिन महरा छन् ।
शुक्रबार दिउँसो १ बजेको समयमा सिरहाको अर्नामा गाउँपालिका–१ ईस्लामपुरस्थित जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
पक्राउ परेका सकिल र महरालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।