TodayPati

मुख्यमन्त्रीले दिए अपराध बढाउने अभिव्यक्ति ‘छोरीले छोराको मुखमा एसीड खन्याउने अवस्था ल्याउँदै छु’

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, माघ २४ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अब छोरीलाई छोराको जिउमाथि एसीड खन्याइदिने अवस्था ल्याउने आफ्नो सोँच रहेको बताएका छन् । महिला अगुवाहरुसंगको भेटमा मुख्यमन्त्री राउतले यस्तो अभियव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ ।

महिला अगुवालाई मुख्यमन्त्रीले प्रतिक्रिया दिँदै भनेका छन् ‘तपाई छोरीको बारेमा सोँच्दै हुनुहुन्छ । हामी पनि पहिलेदेखि नै छोरीको विषयमा सोचिरहेकाछौं । छोरीलाई यति कम्पिडेन्ट, क्यापेबुल र यति वारियर बनाउनु छ मेरो पिरियडमा, की छोरीले अब छोराको मुखमा एसीड खन्याउँछन् । यस्तो मेरो सोँच छ ।

Sponsored

आफ्नो पद र गरिमाको ख्याल नै नगरी मुख्यमन्त्री राउतले अपराध बढाउन दिएको अभिव्यक्ति अहिले समाजिक संजालमा भाइरल भइरहेको छ । यस अघि पनि मुख्यमन्त्री राउतले एउटा अन्तरवार्तामा अपशब्द प्रयोग गरेपछि व्यापक आलोचना भएको थियो ।

भिडियो हेर्नुहोस्

मुख्यमन्त्री राउतले अपराध बढाउने अभिव्यक्ति 'अब छोरीले छोराको मुखमा एसीड खन्याउने अवस्था ल्याउने मेरो सोँच छ ।'

Sponsored

Posted by Today pati on Friday, February 7, 2020

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *