विप्लव समूहका सर्लाही इन्चार्ज लामा पक्राउ
टुडेपाटी-
सर्लाही, माघ २४ गते ।
प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही इन्चार्ज लालबहादुर लामालाई पक्राउ गरेका छन् ।
इन्चार्ज लामालाई सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित एक घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । लामा सर्लाहीको हरिवन नगरपालिका–१० का बासिन्दा हुन् ।
सर्लाहीको परवानीपुरमा ऐनसेल टावरमा विष्फोट र बागमतीमा स्काभेटरमा आगजनी भएको घटनामा लामाको संलग्नता रहेको सर्लाही प्रहरीले जनाएको छ । अनुसन्धान अघि बढाउन म्याद लिन भन्दै प्रहरीले लामालाई अहिले सर्लाही जिल्ला अदालतमा पेश गरेको छ ।