सात वर्षीया बालिकाको बलात्कार आरोपमा काका पक्राउ
टुडेपाटी–
काठमाडौँ, कार्तिक ३० गते ।
प्रहरीले सात वर्षीया भतिजीको जबर्जस्ती करणी गरेको आरोपमा रावाबेसी गाउँपालिकामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षीय काका रहेको प्रहरीले जनाएका छन् ।
बुधबार घरमा कोही नभएको अवस्थामा जबर्जस्ती करणी गर्नेलाई त्यसैदिन पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक टीका बरालका अनुसार शुक्रबार अदालत खुलेपछि म्याद थप गरेर अनुसन्धान बढाइने छ ।
बालिकाको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । बालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बरालले बताए ।
Sponsored