TodayPati

आजदेखि छठ पर्व सुरु

टुडेपाटी-
जनकपुरधाम, मंसिर १ गते ।

सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चारदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय रहेको छ । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको दोश्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । तेश्रो दिन आइतबार छठपर्वको मुख्यदिन रहेको छ । सो दिन अस्ताउँदो सूर्य एवं दिनानाथलाई पूजा सामग्री छठकिनारमा अघ्र्य दिइन्छ । चौथा दिने (सोमबार) बिहान उँदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुने छ ।

Sponsored

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल आदि देव सूर्यलाई अघ्र्यको रुपमा चढाउने गरिन्छ । अघ्र्य दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवानलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशय किनारमा घाटलाई सृंगारिने काम भइरहेको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *