TodayPati

महोत्तरीमा हतियार देखाएर डकैती गर्ने मध्ये दुई डाँका पक्राउ, भाग्न खोज्दा प्रहरीले गोली हान्यो

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।

महोत्तरीमा केहीदिन अघि हातहतियार देखाएर लाखौंको धनमाल लुटपाट गरेका मध्ये दुई डाँका  पक्राउ परेका छन् । रौतहटको गौरबाट पक्राउ गरी महोत्तरी ल्याउने क्रममा अर्को हतकडीसहित भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरेको छ । गोली लागेर पक्राउ परेका दुबैजना डाँका  घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सर्लाहीको नेत्रगंंज १ हाल जिल्ला सर्लाही लालबन्दी नगरपालिका २ बस्ने ३२ वर्षीय शक्ति पासवान र वर्ष ३३ का अजय पासवान रहेका छन् ।

Sponsored

दुबैजनालाई बाँया खुट्टामा गोली लागेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । डिएसपी गिरीका अनुसार मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा सर्लाहीको संग्रामपुरमा महोत्तरी प्रहरीको गाडी बिग्रेको थियो । त्यहाँबाट सर्लाही प्रहरीको गाडी सहयोग लिइ महोत्तरीको सीमा सोनमा गाउँ पालिका ५ स्थित ल्याएको थियो । राति १० बजे महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा हतकडीसहित हामफालेर भाग्न लागेपछि तीन राउण्ड गोली प्रहार गरेर पुनः पक्राउ गरेको डिएसपी गिरीले बताए । दुबैजनाको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते दुबैजनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

डिएसपी गिरीका अनुसार गत कार्तिक २० गते बिहान २ः३० बजेको समयमा पक्राउ परेका दुबैजनासहित ७।८ जनाको समूहमा आएका डाकाले महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुबनेश्वर चौधरीको घरमा हातहतियार देखाएर लुटपाट गरेका थिए । त्यस क्रममा आक्रमण तथा कुटपिट गरी घरपरिवारका सदस्यहरुलाई गरी घाइते बनाएर ४० तोला सुुनको गर गहना, चाँदीको ४५ तोलाको गर गहना, मोबाइल आइ फोन थान १, नगद १ लाख ७५ हजार रकम डाका गरी लगेको डिएसपी गिरीले बताए ।

अनुसन्धान गर्दै जाँदा डाका गर्ने मध्येका केही व्यक्ति मंगलबार ३ बजेको समयमा रौतहटको गरुडाबाट शक्ती कपुर र अजयलाई पक्राउ गरेको डिएसपी गिरीको भनाइ छ । पक्राउ गर्ने बेला शक्ति कपुरको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ४ राउण्ड गोली बरामद भएको डिएसपी गिरीले बताए ।
दुबैजनामाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २०को दफा २४४ बमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *