TodayPati

तिहारको मुख्यदिन आज भाइटिका र भरदुतिया पर्व मनाइँदै

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।

तिहारको मुख्य दिन आज भाइटीका र भरदुतिया पर्व मनाइँदै छ । दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँन्छ ।
दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

Sponsored

भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।

मिथिलाञ्चलमा भरदुतिया पर्व मनइँदै

यस्तै मिथिलाञ्चलमा आज भाइटीका जस्तै भाइ–बहिनीको स्नेह रप्रेमको प्रतीक भरदुतिया पर्व मनाइँदै छ। यो पर्वमा बहिनीहरुले भाइलाई निमन्त्रणा दिएर आफ्नो घर बोलाउने गर्छन् ।

Sponsored

दिदीबहिनीले दाजुभाइलाई चामलको पिठोले अरिपन बनाएर काठको पिडहीमा बसाउँछन् । त्यसपछि दाजुभाइको हातमा पान सुपारी राखेर मैथिली भाषामा मन्त्र उच्चारण गरिन्छ । मन्त्रमार्फत दिदीबहिनीले दाज्भाईको दीर्घायुको कामना गर्छन् ।

पूजा सकिएपछि दाजुभाइलाई मिठाईलगायत परिकार खुवाउने चलन छ । तिहारको भाइटिका र यो पर्वको मान्यता एउटै भए पनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *