TodayPati

महोत्तरीका युवकको हत्या आरोपमा पक्राउ परेका दुई भारतीय नागरिक सार्वजनिक

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १० गते ।

महोत्तरीका एक युवकको हत्या आरोपमा प्रहरीले दुईजना भारतीय  युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र साहरघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

बिहीबार बेलुका करिब ४ बजेको समयमा पिपरा गाउँपालिका ५ हर्दिया टोल बस्ने १९ वर्षीय आशिक पासवानको स्थानीय जगदिश साहको खाली खेतमा शव फेला परेको थियो ।

शव फेला परेपछि घटनामा संलग्न रहेको आरोपमा पिपरा ५ स्थित आफ्नै मामाको घरमा बस्दै आएका दुबै जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गर्दा उक्त घटनामा उनीहरुको संलग्न रहेको खुल्न आएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *