मधेश प्रदेश : बुवाको हत्या आरोपमा छोरा पक्राउ
टुडेपाटी-
सर्लाही, कार्तिक १० गते ।
सर्लाहीमा बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् ।
जिल्लाको हरिवन नगरपालिका-३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् ।
३५ वर्षीय गोकर्ण मैनालीले घरायसी विवादमा कोदालो प्रहार गरी ८१ वर्षीय ओमप्रसाद मैनालीको हत्या गरेका हुन् ।
बुधबार राति गोकर्णले कोदालो प्रहार गर्दागम्भीर घाइते भएका ओमप्रसादलाई बिहीबार बिहान घाइते अवस्थामा गाउँलेले देखेपछि उपचारका लागि नमूना अस्पताल हरिवन लगेका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई पुरानो मेडिकल कलेज चितवन रेफर गरिएकोमा उपचारकै क्रममा राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
Sponsored
बुवाको हत्यामा संलग्न गोकर्णलाई प्रहरीले हरिवन ४, तिनघरे लच्का क्षेत्रमा हिँड्डुल गरिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले बताए ।
इन्स्पेक्टर गिरीका अनुसार घटनाको सम्वन्धमा थप अनुसन्धान
जारी छ ।