TodayPati

मलंगवामा दुर्गाको मूर्ति सेलाउन समय निर्धारण, प्रहरी एलर्टमा

टुडेपाटी-
सर्लाही, कार्तिक ८ गते ।

सर्लाहीको मलंगवामा दुर्गा पूजाको मूर्ति विर्सजन सुरक्षा व्यवस्था कडा गरिएको छ ।

सदरमुकाम मलंगवामा यस अघि दुई समुदायबीच झडप भएकाले प्रहरी ‘एलर्ट’ अवस्थामा रहेका छन् ।

Sponsored

मूर्ति विसर्जनका लागि केही दिनअघि सुरक्षा अधिकारीहरुले दुर्गा पूजा समितिका पदाधिकारीलाई राखेर बिहान ९ बजेदेखि दिउँसो ३ बजेभित्रमा दुर्गा पूजाको मूर्ति विर्सजन गर्ने सहमती गराइसकेका छन् ।

सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले आज भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको र अत्यन्त चनाखोसाथ प्रहरी परिचालन गरिसकिएको जानकारी दिए ।

विशेष परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको दूर्गा पूजाको मूर्ति विर्सजनको क्रममा सदरमुकाम मलंगवामा ३ वटा रुट प्रयोग गर्ने सहमती भएको छ । पहिलेका वर्षहरुको रुट परिवर्तन गरी जिविस तिन बिघे मैदान, नगरपालिका चोक र शिवसागर चोक भएर निकालिने दुर्गा पूजा विर्सजन ¥याली निर्धारित रुट हुँदै मलंगवा नगरपालिका वडा नं. ४ शिवसागर चोकस्थित वडा कार्यालय नजिकको पोखरीमा लगेर टुंग्याउने निर्णय भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *