जनकपुरमा रावण बधसँगै सकियो दसैंको रौनक
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ८ गते ।
जनकपुरधाममा रावण बधसँगै दसैंको तामझाम सकिएको छ । विजयादशमीको अवसरमा दशमीको दिन मंगलबार साँझ रावण बध र लंकादहन गरिएको हो ।
जनकपुरको गंगासागर र धनुष सागरको बीचमा रावणको प्रतिमा निर्माण गरी रावणलाई ‘बध’ गरिएको हो । यो संगै घटस्थापनादेखी जनकपुरधाममा सुरु दसैं मेला सकिएको छ ।
जनकपुरधाममा दसैंमा यहाँका स्थानीय युवा क्लबहरुले राजदेवी मन्दिद, बौधीमाई मन्दिर लगायतको देवीदेवताको शक्तिपीठमा सजाएर धुमधामसित दशमी मनाउने गर्दछन् ।