TodayPati

मुख्यमन्त्री यादवद्वारा जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण

टुडेपाटी–
जनकपुरधाम, २९ असोज ।

मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवाप्रवाहबारे जानकारी लिएका छन् ।

प्रयोगशालाले प्रदान गरेको सेवाबारे चासो लिँदै मुख्यमन्त्री यादव आज बिहान त्यहाँ पुगेर सेवाग्राहीसित सेवाप्रवाहबारे जानकारी लिए ।

Sponsored

एउटामात्र काउण्टर हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गरेको गुनासो सुन्दै मुख्यमन्त्री यादवले काउण्टर सम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रलाई निर्देशन दिए ।

सेवाप्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितो होस्, मुख्यमन्त्री यादवले निर्देशक मिश्रलाई निर्देशन दिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुलभ दरमा ल्याब सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

Sponsored

प्रदेश सरकारको लगानीमा संचालित उक्त प्रयोगशालाले दैनिक सयौ बिरामीको जाँच गर्दै आएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *