TodayPati

मधेश प्रदेशः भन्सार छली गरेर ल्याएको ५० लाखभन्दा बढीको ल्यापटप तथा कम्प्युटर पार्टसहरू बरामद

टुडेपाटी–
पर्सा, असोज २८ गते ।

पर्सा प्रहरीले लाखौँ मूल्य बराबरको ल्यापटप, कम्प्युटर तथा कम्प्युटर पार्टस बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा शनिबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नं. ५ स्थितमा रहेको एडी कम्प्युटर सप्लार्यसका सञ्चालक अजय सिंहले आफ्नै चार तल्ले पक्की घरको भुई तल्लामा भन्सार छली चोरी पैठारी गरी ल्याएका कम्प्युटर, ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरू अनाधिकृतरूपमा भण्डारण गरेकोमा जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले ५१ लाख २६ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरेको हो ।

Sponsored

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसारबरामद गरिएको ल्यापटप, कम्प्युटर तथा कम्प्युटर पार्टसहरु आवश्यक कारवाहीको लागि आइतबार राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *